अन्तिम मिनेटमा नेपाल सम्हालिन नसक्दा श्रीलंकासँग बराबरी
बुधबार, १८ मङ्सिर २०७६, १९ : १६
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।
नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपाल अन्तिम ९० मिनेटमा सम्हालिन सकेन । र श्रीलंका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रिकिकमार्फत गाल गर्दै खेललाई बराबरीमा रोक्न सफल भए ।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण