बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम मिनेटमा नेपाल सम्हालिन नसक्दा श्रीलंकासँग बराबरी

बुधबार, १८ मङ्सिर २०७६, १९ : १६
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको दोस्रो खेलमा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।

नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा गोल गरेका थिए । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । नेपाल अन्तिम ९० मिनेटमा सम्हालिन सकेन । र  श्रीलंका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रिकिकमार्फत गाल गर्दै खेललाई बराबरीमा रोक्न सफल भए ।

राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप