महेशपुरपतारी थानाबाट भागेका ७ जनामध्ये ३ पक्राउ

सिरहा । सिरहा इलाका प्रहरी कार्यालय महेशपुरपतारी हिरासतबाट भागेका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नरहा गाउँपालिका १ का १८ वर्षीय नविनकुमार यादवलाइ र गोलजबार नगरपालकिा ६ का २० वर्षीय गणेशकुमार साहलाई बडियारपट्टी नजिकैको भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
यसैगरी, लागुऔषध मुद्दाकै अर्का भगौडा सखुवानन्कारकट्टी गाउँपालिका–१ का २३ वर्षीय रणधिर कुमार यादवलाई लहान तरकारी बजार बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भागौडामध्ये ४ जनाको अझौ खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार अन्य तीन जनाको खोजी भइरहेको छ ।
थुनुवा भागेको प्रकरण छानबिन गर्न दुई नम्बर प्रदेश प्रहरीका एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ । मंसिर १४ गते बेलुका खाना खुवाउने क्रममा ८ बजा बन्दीहरु हिरासतबाट भागेका थिए ।
त्यसमध्ये एक जनालाई तत्कालै गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए । बाँकी सातजनामध्ये ३ जनालाई मंगरबार राति नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बल–बैँस छँदासम्म उनले दिनको उज्यालोमा लेखिनन्
-
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
-
आज यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, कहाँ कहाँ हुन्छ वर्षा ?
-
घरजग्गा कारोबार : फागुनमा चार अर्ब राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल