बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डीएसपी कुमोद ढुंगेललाई पक्रन अदालतको अनुमति

बुधबार, १८ मङ्सिर २०७६, १६ : ४९
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । 

जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो । 

गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो ।

गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए ।

हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक-पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप