मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः सागमा नेपालको अग्रता कायमै, पछिपछि भारत (पदक तालिकासहित)

बुधबार, १८ मङ्सिर २०७६, १५ : ४५
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै राखेको छ । बुधबार साढे ३ बजेसम्म नेपालले जम्मा ६० पदक जितेको छ । जसमा स्वर्ण २७, रजत १४ र कांस्य १९ समावेश छ । 

यसैगरी भारत २२ स्वर्ण, १९ रजत र १० कांस्यसहित ५१ पदक जित्दै पदक तालिकामा नेपालको पछिपछि छ । 

यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ८ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ३४ पदक जितेको छ भने चौथो स्थानमा रहेको श्रीलंकाले ६ स्वर्ण, १७ रजत र ३२ कांस्यसहित ५५ पदक जितेको छ । 

पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जित्दा माल्दिभ्स १ स्वर्ण जितेर पनि छैटौँ स्थानमा रहेको छ । माल्दिभ्सले थप २ कास्य पनि जितेको छ । 

यता तालिकाको पुछारमा रहेको भुटानले ३ कांस्य जितेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप