शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बडिगाड जीप दुर्घटना: मृतकको सङ्ख्या १५ पुग्यो (अपडेट)

बुधबार, १८ मङ्सिर २०७६, १५ : ३२
बुधबार, १८ मङ्सिर २०७६

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिलोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्यपहाडी लामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको आज मृत अवस्थामा शव फेला परेको छ ।

कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड– ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय  पत्रकार दिनेश शर्माले बताए । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाएका १४ जनाकै शव परिवारले बुझेर सामूहिक दाहासंस्कार गरिसकेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्षीय २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका– ४ का मृतक सूचना कार्कीका चार वर्षीय छोरा हिमाल कार्की र सोही ठाउँ बस्ने २४ वर्षीया निमा केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइते तिनै जनालाई ढोरपाटनस्थित बूर्तिवाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको आज हुने भनिएको कूलपूजाका लागि जाँदै थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप