जनकपुरमा हुने साग प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

जनकपुर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।
जनकपुरमा साग खेल हुने भएपछि जिर्ण रहेको कभर्डहललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ ।
जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ ।
जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले खेलको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले बताए ।
सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५ जना सहभागी हुने अध्यक्ष चौधरीले बताए ।
साग अन्तर्गतको कुस्ती खेलमा सहभागी हुनका लागि नेपाल र बंगलादेशबाट खेलाडीहरु जनकपुर आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।
कुस्ती खेल प्रतियोगीतामा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडी जनकपुरमा आईपुगेका छन् । त्यस्तै भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आउने भएका छन् । सबै खेलाडीहरु आज बेलुकासम्म जनकपुर आईसक्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल