बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बुधबार, १८ मङ्सिर २०७६, १३ : १५
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

बैठक मंसिर २६ गते दिउँसो १ बजेका लागि बोलाइएको  मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने बैठकमा चुनावी समीक्षा, पार्टीको आगामी रणनीतिलगायतका विषयमा छलफल हुने बुझिएको छ ।  

उपनिर्वाचनपछि काँग्रेसको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । उपनिर्वाचनमा काँग्रेसले एक प्रदेशसभा र एक उपमहानगरपालिकासहित १३ स्थानमा विजय हासिल गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप