शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रेमगीत ३’मा यस्तो छ अभिनेता शिव श्रेष्ठको गेटअप

बुधबार, १८ मङ्सिर २०७६, १३ : ०५
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । ‘प्रेमगीत ३’ अहिले छायाँकन भइरहेको फिल्म हो । निर्माण घोषणा समयदेखिनै चर्चामा रहन सफल फिल्मले छायाँकन सँगसँगै प्रचार प्रसारलाई पनि अगाडि बढाई रहेको छ ।

यस्तैमा निर्माण युनिटले अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा अभिनेता श्रेष्ठ राजाको गेटअपमा क्रोधित अवतारमा देखिएका छन् ।

फिल्मको अहिले मनाङ आसपासका स्थानमा छायाँकन भइरहेको छ । राजधानीमा एक भव्य दरबारको सेट बनाएर ४० प्रतिसत छायाँकन गरिएको फिल्म केही दिन पहिले आउटडोर छायाँकनका लागि मनाङ पुगेको हो ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्बृद्धि शाही ठकुरीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।

प्रेमकथामा बन्न लागेको यो फिल्मको रिलिज मिति चैत २८ गते तोकिएको छ । सेन फिल्मस् प्रोडक्सनको व्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत छ ।

फिल्म निर्माणमा सन्तोषसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले सहकार्य गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप