शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिक्समा नेपाललाई कास्य पदक

बुधबार, १८ मङ्सिर २०७६, १२ : ५७
बुधबार, १८ मङ्सिर २०७६

१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका थिए । 
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले  सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै  कास्य पदक प्राप्त गरेका हुन् । 
    
सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जिने भने श्रीलङ्काको सान मुगेशश्वरले रजत पदक हात पारे । कुमारले निर्धारित दूरी २९ मिनेट ३३.६१ सेकेण्ड समय खर्चदै पूरा गरे भने श्रीलङ्कामन मुगेशश्वरले ३० मिनेट ४९.२० सेकेण्डको समय लगाउँदै रजत पदक हात पारे ।
    
सोही स्पर्धामा हिजो भएको महिलातर्फको प्रतियोगितामा नेपालका सन्तोषी श्रेष्ठले स्वर्णपदक हासिल गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप