शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : उपनिर्वाचनबारे रिपोर्ट पेश गर्न सम्बन्धित कमिटीलाई निर्देशन

बुधबार, १८ मङ्सिर २०७६, ११ : ३०
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भर्खरै सम्पन्न भएको उपनिर्वाचनमा पार्टीको प्रदर्शनबारे गम्भीर समीक्षा गर्ने भएको छ ।

आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले आजको बैठकले उपनिर्वाचनबारे सम्बन्धित कमिटीहरुलाई शीघ्र रिपोर्ट पेश गर्न निर्देशन दिएको जानकारी दिए । ‘हालसम्म उपनिर्वाचनमा घात÷अन्तरघातको सूचना आएको छैन । सम्बन्धित कमिटीहरुले निर्वाचनबारे रिपोर्ट पेश गरेपछि थप समीक्षा हुन्छ,’ श्रेष्ठले बताए ।

आगामी मंसिर २३ गते बिहान ९ बजे बस्ने सचिवालयको अर्को बैठकमा यसबारे थप छलफल र समीक्षा हुने उनको भनाइ थियो ।

कार्यकारी अधिकार पाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको थियो ।

आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए । बैठकले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रशन्नता प्रकट गर्दै उनको सुस्वास्थ्यको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आगामी बैठकले संगठनात्मक एकीकरणका बाँकी कार्यभार टुङ्ग्याउने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै, अर्को बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप