बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीको इस्मा गाउँपालिकामा बुधबार शोक बिदा

बुधबार, १८ मङ्सिर २०७६, ११ : २८
बुधबार, १८ मङ्सिर २०७६

बुटवल ।  मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप बडिगाडमा खोलामा खस्दा १४ जनाको ज्यान गएपछि बुधबार इस्मा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।

कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्यान गएपछि गाउँपालिकाले एकदिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । मृतकको बुधबार सामुहिक दाह संस्कार गरिँदै छ । विष्टले गाउँपालिकाले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताए । अहिले विद्यालयहरुमा अर्धवार्षिक  परीक्षा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले बुधबार स्थगित प्रावि तहको परीक्षा मंसिर १९ गते र निमावि र मावि तहको मंसिर २० गते गर्ने निर्णय गरेको भएको छ ।

गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको दुर्घटना भएको हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप