सागमा आज १६ खेल हुँदै
बुधबार, १८ मङ्सिर २०७६, १० : ०६
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । अन्य खेल काठमाडौँमा हुनेछ ।
पुरुष फुटबलमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः०० बजे श्रीलंकासँग खेल्दै छ । सागको तेस्रो दिनसम्म नेपाल पदक तालिकामा २३ स्वर्णसहित शीर्ष स्थानमा छ । भारतले १९ स्वर्णसहित नेपाललाई पछ्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला