शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जीतको लयमा फर्कियो सिटी, दोस्रो स्थानमा उक्लियो

बुधबार, १८ मङ्सिर २०७६, ०९ : ५९
बुधबार, १८ मङ्सिर २०७६

एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोलले हरायो ।

सबै प्रतियोगिताका पछिल्ला ५ खेलमा एक खेल मात्र जितेको सिटी खेलको शुरुवात अघि शीर्ष स्थानमा रहेको सिटीभन्दा ११ अंकले पछि परेको थियो ।

बर्नलीको मैदानमा भएको खेलमा सिटीले ग्राबियल जेससको गोलबाट २४औँ मिनेटमा अग्रता लिएको थियो । ५०औँ मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६८औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता थप फराकिलो बनाए । ८७औँ मिनेटमा रियाद महरेजले अर्को गोल गरे । ८९औँ मिनेटमा बर्नलीका रोब्बी ब्राडीले सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै सिटीले १५ खेलबा ३२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ४० अंक छ । सिटीसँगै समान ३२ अंक बनाएको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

११ अंक बनाएको बर्नली १८औँ स्थानमा छ ।

मंगलबार रातिनै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले बर्नमाउथलाई १–० गोलले हरायो । जीतसँगै प्यालेस २१ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप