प्रचण्डको नेतृत्वमा सचिवालय बैठक सुरु

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
औपचारिक रुपमा पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालयका ६ सदस्य सहभागी छन् ।
सचिवालयका ९ सदस्यमध्ये पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ अस्पताल भर्ना भएका कारण बैठकमा अनुपस्थित रहेका हुन् । बैठकमा सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल पनि अनुपस्थित छन् । वरिष्ठ नेता खनाल राजधानी बाहिर रहेका कारण बैठकमा अनुपस्थित रहे पनि उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।
बैठकमा उपनिर्वाचन परिणामको समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बैठकलाई जानकारी गराएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु
-
कोलम्बिया विश्वविद्यालयका विद्यार्थीलाई देश निकाला गर्न अमेरिकी अदालतको अनुमति
-
सर्लाहीको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी, १२ लाख रुपैयाँभन्दा बढीको क्षति
-
ट्रम्पका विशेष दूतसँग पुटिनको चार घण्टा वार्ता
-
दर्ता बिना अमेरिकामा ३० दिनभन्दा बढी बसेमा सजाय हुने
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई