शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए अष्ट्रेलियाद्वारा नेपाली संघसंस्था र व्यवसायीबिच परामर्शः अघि सार्यो ‘प्रिभिलेज कार्ड’

बुधबार, १८ मङ्सिर २०७६, ०९ : ५१
बुधबार, १८ मङ्सिर २०७६

सीता रसाइली, सिड्नी

एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयोजनामा पहिलो पटक सिड्नीमा रहेका नेपाली सामुदायिक  संघ–संस्थाका प्रतिनिधि र व्यवसायीका बीच गहन परामर्श  भएको  छ । आगामी  दिनहरुमा एनआरएनएले समुदायसँग मिलेर कसरी सहकार्य गर्ने  भन्ने उद्देश्यले गत शनिबार  सिड्नीको  ऐडेन प्यालेस अलउडमा  गरिएको उक्त्त  बृहत् परामर्शमा  सिड्नीमा रहेका क्रियाशील सामाजिक संस्थाहरुका  प्रतिनिधी र विभिन्न पेशामा संलग्न व्यवसायीहरु बीचमा छुट्टाछुट्टै परामर्श गरिएको  हो ।

 एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद् संयोजक देव गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘खास गरी एन आर एन ए लाई बेला बखतमा आइरहने आरोपको खण्डन र त्यस्को समाधानको लागि  यस्तो कार्यक्रमको आयोजना गरेको र सबै  सामाजिक संस्थाका प्रतिनिधिहरुको  सुझावअनुसार आगामी रणनीति तय गरिने छ’ ।

एसोसिएसन अफ तराइ, थारु समाज, अर्घाखाँची समाज, म्याग्दी समाज,नेपाली अस्ट्रेलियन असोसियसन, गुठी अस्ट्रेलिया, रुपन्देही समाज, गोर्खा समाज, किरात खम्मु राइ सोसाइटी लगायत  सहभागी वक्ताहरूले समुदायलाई समुदायसँग समेटनु पर्ने, नेपालको राजनीतिकरण कम गर्नु पर्ने, एनआरएनएभन्दा पुराना संस्थालाई उचित सम्बोधन गर्नुपर्नेलगायतका सुझाव आएका थिए ।  भिजिट नेपाल २०२० कार्यक्रम नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएकाले सहयोग गर्न सबैसँग आह्वान गर्दै संयोजक गुरुङले अन्तरक्रियामा सहभागीले राखेको जिज्ञासाको जवाफ दिँदै भने, ‘राजनितिकरण भयो भनेर विरोध गर्नुभन्दा सँगै बसेर छलफल गरेर समस्या पत्ता लगाएर समाधान खोजौँ, बाहिर बसेर विरोध गर्दा गलत सन्देश जान्छ ।’

गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय संयोजन समिति ओसेनिया क्षेत्र संयोजक होमनाथ पाण्डेले नेपालसरकारले एन आर एन ए लाई अन्तर्राष्ट्रिय संस्थाको मान्यता दिएकोले पनि संसार भरी रहेको  एन आर एन ए अब  छाता संस्था बनेको भन्दै सबै सामाजिक संस्थाले सहकार्य गर्नु पर्ने बताए ।

दोस्रो चरणमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय  पदाधिकारीहरु आई सि सि उपाध्यक्ष्य मन केसी, महिला सम्योजक भोमा लिम्बु, ओसेनिया क्षेत्र संयोजक होम पाण्डेलाई  एनएसडब्लु राज्य परिषद् संयोजक देव गुरुङले सामुहिक रुपमा सम्मान एबं अभिनन्दन गरेका थिए ।

कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा विभिन्न व्यवसायीहरू बिच परामर्श  भएको थियो । बिभिन्न क्षेत्रका व्यवसायीहरूले कार्यक्रम कतिको उपयोगी  छ र  व्यवसाय सुरु गर्दा ध्यान दिनु पर्ने कुराहरू के के हुन भन्ने बारे छलफल गर्नुका साथै पारस्परिक लाभको लागि एनआरएनएए समुदाय संगठनहरू र व्यापार समुदाय बीचको सम्बन्धलाई कसिलो बनाउँदै लैजानुपर्ने सुझाएका थिए ।

एनआरएनए अष्ट्रेलियाले अघि सारेको  प्रोत्साहन कार्ड ‘प्रिभिलेज कार्ड’ १०% भन्दा बढी ग्रोसरी, खाद्य सामग्री, मासुलगायतका अती आवश्यक सामग्रीहरुमा प्रयोग गर्न सकिनेछ । सहुलियत कार्डका लागि प्रत्येक सदस्यले  एम ओ आइ रजिस्ट्रर गर्नुपर्ने छ । एन आर एन ए  सदस्यहरुले  विभिन्न  सेवा लिँदा  नेपाली व्यवसायीबाट  छुटका लागि कार्ड प्रयोग गर्न सक्नेछन् । 

उक्त कार्यक्रममा स्वागत मन्तव्य उपसंयोजक चुन्ना क्षेत्रीले गरेका थिए भने कार्यक्रमको  सहजकर्ताको रुपमा एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्यसमितिका सचिव दिपक पहरी र संयुक्त सचिव तिर्थराज कार्कीले गरेका थिए ।

उक्त परामर्श  कार्यक्रममा  अध्यक्षता गरेका  संयोजक देव गुरुङले  नेपाली समुदायसँगको परामर्श कम्तीमा पनि ६ महिना देखि एक वर्षको अन्तरालमा निरन्तरता दिने आफ्नो योजना रहेको रातोपाटीलाई स्पष्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप