मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा नेकपाका नेता पक्राउ

मङ्गलबार, १७ मङ्सिर २०७६, २२ : ३१
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । प्रहरीले बलात्कारको आरोपमा रामेछापका एकजना स्थानीय नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवार रहेका छन् । 

सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईले रातोपाटीलाई बताए । 

गत मंसिर २ गते गाउँकै १३ वर्षीया बालिकालाई फकाएर बलात्कार गरेको आरोप सुनारमाथि लागेको छ । सो दिन नेता सुनुवारले ती बालिकालाई कसैलाई पनि नभन्नु भन्दै फकाएर घर पठाएको पाइएको छ । 

बलात्कारपछि डराइडराई घर पुगेकी ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाएकी थिइन् । पटक–पटक बोलाउँदै सुनारले ती बालिकालाई बलात्कार गरेको प्रहरीको प्रारम्कि अनुसन्धानबाट खुल्न आएको छ । 

घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि बालिकाकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी दिइन् । घटनाबारे उजुरी परेपछि सुनारलाई खोज्न प्रहरी परिचालन भयो । अन्ततः सोमबार साँझ प्रहरीले सुनुवारलाई उनकै घरबाट पक्राउ गरेको हो ।

बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप