बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीबाट बडिगाड दुर्घटनाप्रति दुःख व्यक्त

मङ्गलबार, १७ मङ्सिर २०७६, २२ : ०९
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  बाग्लुङ बडिगाडमा आज भएको जीप दुर्घटनामा १४ जनाले जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरेकी छन् ।

उनले आज ट्विट गरी शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्।

राष्ट्रपतिले चालक, सवारी साधन र सडकको क्षमतामा अध्ययन गरी दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि सबैमा अनुरोध गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप