शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाललाई तेक्वान्दामा थप दुई स्वर्ण

मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : ४७
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोमा मंगलबार दुई स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न चार स्वर्णको प्रतिस्पर्धामा नेपालले दुई स्वर्ण हात पारेको हो । नेपालका लागि वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण दिलाएका हुन् । महिला ४६ केजीतौल समूहमुनि काजलले पाकिस्तानकी साइदा जादी सिद्रालाई ५०–१४ ले हराउँदै स्वर्ण जितिन् ।

सो तौल समूहमा भारतकी राधा भाटी र श्रीलंकाकी इसारा पिइउमाली सामाराकोनले कांस्य जितिन् । वीरबहादुरले फाइनलमा पाकिस्तानका मुहामद फहिमलाई ४१–३६ ले हराउँदै स्वर्ण जितेका थिए । यस समूहमा श्रीलंका थरङ्गा लकमल र भारतकी पृथ्वीराज चौहानले कांस्य पदक जित्न सफल भए ।

त्यस्तै भारत र पाकिस्तानले १÷१ स्वर्ण जित्न सफल भए । भारतकी कसिस मलिकले स्वर्ण जित्दा नेपालकी निमा गुरुङलाई ८–७ को हार सामना गर्न बाध्य बनाइन् । पाकिस्तानी नक्स हम्दानी र भुटानकी छिरिङ याङचेनले कांस्य पदक जितिन् ।

पाकिस्तानले एक मात्र स्वर्ण पुरुषतर्पm प्राप्त गर्दा जैब साहले जितेका थिए । उनले फाइनलमा श्रीलकंका रेनहाना अनुरा बन्दारालाई ४१–१० ले हराए । यस तौलमा नेपालका मनोज मल्ल र भारतका कन्हा मैनालीले कांस्य पदक प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप