दोश्रो दिन बंगलादेशलाई तीन स्वर्ण
१३ औ साग खेलकुद अन्तरगत मंगलबार भएका करातेका ६ स्पर्धामा बंगलादेशले तीन स्वर्ण पदक जितेको छ । नेपालले दुइ तथा पाकिस्तानले एक स्वर्ण पदक जिते ।
पुरुष ६० किलो तौल समुहको फाइनलमा पाकिस्तानका इक्वाल जाफरलाई ७ –३ ले हराउदै बंगलादेशका मोहम्मद अलामिन अस्मिनले स्वर्ण पदक जिते । सो स्पर्धामा नेपालका राजिव पुडासैनी र श्रीलंकाका विक्रम मुणाले काश्य पदक जिते । महिलाको ५५ किलो तौल समुहमा पाकिस्तानकी कुसुम सानालाई ५ –४ ले हराउदै बंगलादेशकी मोहम्मद अख्तर प्रीयाले स्वर्ण पदक जितिन् । सो स्पर्धामा नेपालकी मनीषा चौधरी र श्रीलंकाकी मुकादम बसमले काश्य पदक जिते । महिलाको ६१ किलो तौल समुहमा नेपालकी अनु गुरुङलाई ५ –२ ले हराउदै बंगलादेशकी हुमारा अख्तरले स्वर्ण पदक जितिन् । सो स्पर्धामा पाकिस्तानकी गुल नाज र श्रीलंकाकी जयकोडे अर्चांगेले काश्य पदक जिते ।
पुरुष ६७ किलो तौल समुहमा पाकिस्तानका अहमद नासेरलाई ८ –६ ले हराउदै नेपालका नविन रसाइलीले स्वर्ण पदक जिते । पाकिस्तानका मोहम्मद फरदुस र श्रीलंकाका फ्रान्सेस्को हटेगुले काश्य पदक जिते । नेपालकी सुनिता मर्हजनले ६८ किलो तौल समुहमा पाकिस्तानकी कुलसुमलाई ८ –२ ले हराउदै स्वर्ण पदक जितिन् । ७५ किलो तौल समुहको फाइनलमा नेपालका गंगाराम कशहवारलाई ८ –० ले हराउदै पाकिस्तानका गुलाम अब्बबास सादिलले स्वर्ण जिते । सो स्पर्धामा श्रीलंकाका बन्डारीग्डे कसुन र भुटानका सेराब वान्चुकले काश्य पदक जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?
-
कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त
-
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?