शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले बोलाए पार्टीको सचिवालय बैठक

मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : १९
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवलाय बैठक बुधबार बस्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बस्ने गरी बैठक बोलाएका हुन् ।

प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि सचिवालय बैठकले बस्न लगेको यो पहिलो पटक हो ।

बैठक बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको छ ।

बैठकमा हालैसम्पन्न उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजाको बारेमा समीक्षा हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली यतिबेला एपेन्डिसाइटिसको अपरेशनपछि अस्पतालमा उपचाररत छन् ।

ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रचण्डले आफ्नो चीन भ्रमणसमेत तत्कालका लागि स्थगित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप