बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुधबार साँझदेखि १९ गते मध्यरातसम्म ग्लोबल आईएमई र जनता बैंकको कारोबार प्रभावित हुने

मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : ०९
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३०  घण्टाका लागि कारोबार प्रभावित हुने एक सूचनामार्फत जनाएका छन् । 

बुधबार साँझ ६ बजेदेखि बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ र  इन्टरनेट बैंकिङ सेवा बन्द हुने तथा बिहीबार राति १२ बजेसम्म बैंकका सबैखाले सेवा बन्द रहने सूचनामा जनाइएको छ । 

बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमयाचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाइएको छ । 

यसैबीच ग्लोबल आईएई  बैंकको राजश्व काउन्टरबाट प्रदान गरिने सेवा भने यथावत रहने जनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप