शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला भलिबलको फाइनलमा नेपाल पराजित, भारतले जित्यो स्वर्ण

मङ्गलबार, १७ मङ्सिर २०७६, १८ : २८
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद अन्तर्गत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । हारसँगै नेपालले रजतमा चित्त बझाउन बाध्य रह्यो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । 

पहिलो सेट भारतले  २५–१७ ले जित्यो भने नेपालले दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले जित निकाल्न सफल भयो । चौथो सेट भने भारत २५–२०ले जित्यो भने अन्तिम सेट १५–६ को नतिजा निकाल्दै विजयी भयो । हालसँगै नेपाल इतिहास रच्नबाट चुकेको छ । 

तर साग नेपाली भलिबलको इतिहासमा यो पहिलो रजत पदक हो । यसअघि नेपाली महिला भलिबल टोलीले सागमा तीन पटक कांस्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप