बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपडेटः सागमा नेपालले जित्यो २३ स्वर्ण

मङ्गलबार, १७ मङ्सिर २०७६, १७ : १२
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी राखेको छ ।

तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन मंगलबार दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा स्वर्ण जिते । फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले हराए ।

मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोमा स्वर्ण दिलाइन् । मंगलबार नेपालले तेक्वान्दोबाट दुई, कराँतेबाट दुई, उसुबाट दुई, एथलेटिक्सबाट र ट्रायथलनबाट एक एक गरी आठ स्वर्ण जितेको छ ।

मंगलबार बेलुका सम्म नेपालको स्वर्ण संख्या २३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप