गर्भवतीको हेलिकोप्टरबाट उद्धार
मङ्गलबार, १७ मङ्सिर २०७६, १४ : ३४

जाजरकोट । सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीया कमला तिरुवालाई हेलिकप्टरबाट आज उद्धार गरिएको छ । पुसको पहिलो हप्तामात्र सुत्केरी हुने मिति भएको बताउने उनलाई सोमबारदेखि सुत्केरी ब्यथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो ।
अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए ।
तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो । योसहित जाजरकोटमा आठ जना गर्भवतीको उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर