बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

मङ्गलबार, १७ मङ्सिर २०७६, १४ : ३४
मङ्गलबार, १७ मङ्सिर २०७६

जाजरकोट । सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीया कमला तिरुवालाई हेलिकप्टरबाट आज उद्धार गरिएको छ । पुसको पहिलो हप्तामात्र सुत्केरी हुने मिति भएको बताउने उनलाई  सोमबारदेखि सुत्केरी ब्यथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो ।

अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए ।

 तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो । योसहित जाजरकोटमा आठ जना गर्भवतीको उद्धार गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप