बागलुङ दुर्घटना अपडेटः मृत्यु र घाइते हुनेहरुको पहिचान खुल्यो (नामावलीसहित)

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेहरुको विवरण आएको छ । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । दुर्घटनामा एकजना अझै हराइरहेका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरु
अन्दाजी वर्ष २६ की सुचना कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की
अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की
इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा
नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की
बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी
इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की
इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की,
इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की
इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की
अन्दाजी वर्ष ४५ का भूमि कार्की
अन्न्दाजी वर्ष २५ की मीना बस्नेत
अन्दाजी वर्ष ३० की तुलसी कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की
त्यसैगरी घाइते हुनेहरुमा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई लिनका लागि काठमाडौंबाट अपरान्ह १ बजे नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङका लागि उडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ