शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक

मङ्गलबार, १७ मङ्सिर २०७६, १३ : २१
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । काठमाडौँमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जितेका हुन् । उनले  निर्धारित दुरी तीन मिनेट ५९.२० सेकेण्डमा पूरा गरे । उनी यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बने ।

सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो  । भारतका अजयकुमार सरोले तीन मिनेट ५४.८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७.१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचौं र सानुमाया कार्की सातौं भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप