शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णकुमारका दुई कृति एकसाथ सार्वजनिक

मङ्गलबार, १७ मङ्सिर २०७६, १३ : ०५
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । साहित्यकार कर्णकुमार श्रेष्ठका दुई कृति एकसाथ विमोचन भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी यादव खरेलले दुबै कृती विमोचन गरे ।

नेपाली साहित्यको कथा, गीत, गजल, कविता र हाँस्यव्यङ्ग्यमा लामो समयदेखि कृयाशिल श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ साहित्यिक संगालो र ‘मनको सागर’ गीती एल्बम विमोचन गरिएको हो । 

प्रकाश सायमी, लक्ष्मण गाम्नागे, ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंह समेत सहभागी कार्यक्रममा लेखक श्रेष्ठका व्यक्तित्व र कृतित्व माथि चर्चा गरिएको थियो । यसअघि लेखक श्रेष्ठका आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । 

एल्बम ‘मनको सागर’मा रामकृष्ण ढकाल, शिव परियार, अन्जु पन्त, बुनु श्रेष्ठ लगायतका गायक गायिकाको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप