आँचलको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते किन ?

काठमाडौं । पछिल्लो समय दर्शकले रुचाएकी अभिनेत्री हुन् आँचल शर्मा । त्यसैले पनि उनी हरहमेशा चर्चामा रहने गर्दछिन् ।
आँचलको चर्चाको विषय कहिले अभिनेता पल शाहसँगको प्रेम, कहिले डा.उदीप श्रेष्ठसँगको बिवाहको चर्चा र कहिले फिल्म अभिनय बन्ने गरेको छ ।
केही अगाडि डा.उदीप श्रेष्ठसँगको बिवाहको हल्लाको कारण चर्चा रहेकी आँचल अहिले फेरि चर्चामा छिन् । यसपटक उनको चर्चाको बिषय फिल्म ‘झिँगेदाउ’ अभिनय भएको छ ।
निर्माण युनिटले हालै आँचलको फिल्म अभिनयको एक तस्बिर सार्वजनिक गरेका छ । तस्बिरमा आँचल गाउँले भूमिकामा देखिएकी छन् ।
उक्त तस्बिरमा आँचलको सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते छ भने उनी रोतो रंगको साडी र गुन्यू चोलीमा समेत देखिएकी छन् । हातमा हँसिया र पिठ्युमा घाँसले भरिएको डोको समेत तस्बिरमा देख्न सकिन्छ ।
आँचलको यो गेटअपले दर्शकमा फिल्म प्रति कौतुहलता जगाएको छ ।
फिल्ममा आफूले विवाहित महिलाको भूमिका निर्वाह गरेको अभिनेत्री आँचलले बताइन् । ‘पहिलो पटक फरक भूमिका पाएकी छु’ आँचलले भेनिन् ‘दर्शकका लागि मेरो भूमिका नौलो स्वाद हुनसक्छ ।’
फिल्ममा उनी फिल्म ‘बुलबुल’ अभिनेता मुकुन्द भुषालको जोडी बनेकी छन् । आँचल र मुकुनदको फिल्ममा गाउँले भुमिका रहेको निर्माण युनिटले जनाएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’ अहिले भकुन्डेवेसी आसपासका स्थानमा छायाँकन भैरहेको छ । साहित्यकार भीमनिधि तिवारीको कथामा ‘झिँगेदाउ’ बन्न लागेको हो । फिल्मका निर्माता निर्देशक देउजा आर्फै हुन् ।
कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत, विष्णु कल्पितको छायााकन रहनेछ ।
निर्देशक देउजाले यसअघि ‘मुना मदन’, ‘रक्षक’, ‘करुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट