शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट : दीपेन्द्रको अर्धशतकमा नेपालद्वारा श्रीलङ्कालाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत

मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : ५१
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत मङ्गलबार क्रिकेटमा नेपालले श्रीलङ्का सामु १७३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेको श्रीलंकाले नेपाली ब्याट्सम्यानको रफ्तारलाई रोक्न नसक्दा विशाल लक्ष्य पाएको हो । निर्धारित २० ओभरमा नेपालले पाँच विकेटको क्षतिमा १७२ रन बनाउँदै श्रीलङ्का सामु जितका लागि १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७२ रन बनाए । ४४ बल सामना गरेका उनले तीन छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।

यस्तै, पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्लले २१ र विनोद भण्डारीले पनि २१ रन बनाए ।

श्रीलङ्काका लागि कमिन्डु मेन्डिसले दुई विकेट लिए । यस्तै दुभिन्दु तिरकरत्ने, कभिस्का अन्जुला, असिथा फर्नान्डोले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप