केराबाट मःमः, सोमोसा र चिप्स, कसरी बनाउने ?
सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् ।
इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार, तरकारीलगायत परिकार बजारमा पठाउन थालेका छन् ।
हाल बजारमा केराको परिकार ग्राहकले कत्तिको मन पराउँछन् भनेर विभिन्न मेला र महोत्सवसमेत आयोजना गरिसकेका राईले अब केराको मात्र परिकार बनाउने गरी रु पाँच लाखको लगानीमा गाउँमै रेष्टुरेन्ट सञ्चालनको तयारी गरेका छन् । “एकपटक आएका ग्राहक फेरि फर्किएर आइरहेका छन्, पक्कै मन पराएरै उनीहरु आएको हुनुपर्छ ।”, उनले भने । सलकपुरका भारतीय ग्राहक पनि आउने गर्छन् ।
अहिले बजारमा केराको राम्रै माग छ । कुनै परिकार निर्माण नगर्दा पनि राम्रै मूल्यमा बिक्री हुने केराबाट परिकारसमेत बनाउन थालेपछि अझ यसको भाउ बढ्न सक्छ । राईले उत्पादन गरेका केराका परिकार जारी प्रथम सूर्योदय नगर पर्यटन महोत्सवमा छ ।
यही मङ्सिर १४ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा आउने पर्यटकले केराका विभिन्न परिकार खाने तथा कोशेलीको रुपमा लैजानेसमेत गरेका छन् । महोत्सवमा घुम्न आएका झापाका दिपीन राईले केराबाट निर्मित परिकार गुणस्तरीय, सफा र राम्रो भएको बताए ।
केरा मानिसको शरीरलाई आवश्यक र पौष्टिक आहारको रूपमा लिइन्छ । केरामा पाइने भिटामिन सी, भिटामिन बी सिक्स, म्यागनिज, पोटासियम, फाइबर र बायोटिनजस्ता तत्व शरीरका लागि जरुरी पोषकको रूपमा लिइन्छ । यस्ता तत्वले शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दै तौल बढाउन सहयोग पु¥याउने विज्ञहरुको भनाइ छ । आवश्यकभन्दा बढी केरा खाएमा त्यसमा पाइने क्यालोरीले तौल बढाउन सक्ने भन्दै बढी तौल भएकाले धेरै केरा खान हुँदैन ।
चिप्स बनाउने तरिका
केराबाट आलुको जस्तै चिप्स पनि निर्माण गर्न सकिन्छ । यसबाट निर्माण गरिएको चिप्सलाई ‘बनाना चिप्स’ भन्ने गरिएको छ । बनाना चिप्स अङ्ग्रेजी नाम मात्र हो । यसलाई बनाउन काँचो केरालाई ताछेर काट्नुपर्छ ।
काटिएको केरालाई तेलमा फ्राइ गरेर मसलासहितको नुन राखेर चिप्स निर्माण गर्न सकिन्छ, धेरैले यसलाई मन पराउने गरेका छन् । एकपटक खाएको केराको चिप्स खाएकाले पटक–पटक यसकै माग गर्ने गरेका छन् । चिप्समा केराको बास्ना आउने भएकाले पनि अनौठो स्वादका रूपमा यसलाई लिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय
-
चुम्बन गर्दा सर्छ माउथ अल्सर ?
-
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत