बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालको टेलिकमको फोरजी सिमकार्ड निःशुल्क वितरण

मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : २८
मङ्गलबार, १७ मङ्सिर २०७६

नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । 

जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो ।

सो कार्यालयले सूचना प्रकाशित गरी आज बिहान ८ बजेदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो । 

फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका छन् । विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका छन् ।

फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र एकप्रति फोटो अनिर्वाय हुनुपर्ने जनाएको छ । 

सेवा शुरु भएपछि सबैले फोरजी प्रयोग गरुन् भनेर निःशुल्करूपमा फोरजी सिम वितरण गरिन थालिएको नेपाल टेलिकम दिपायलका प्राविधिक प्रकाश चौधरीले बताए । उनले भने, “सबैले फोरजी सेवा लिन पाऊन् भन्ने उद्देश्यले पहिलो चरणमा निःशुल्क रुपमा सिम वितरण गर्न थालेका छौँ ।”

यो सेवा शुरु भएसँगै फोरजी नेट छिटोछरितो भएकाले त्यसका ग्राहक दिनहुँ बढ्न थालेको टेलिकमको डोटी कार्यालयले जनाएको छ । जिल्लामा निजी क्षेत्रको कम्पनी एनसेलले पनि आफ्नो सेवा दिइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप