बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उसुमा नेपाललाई थप दुई स्वर्ण

मङ्गलबार, १७ मङ्सिर २०७६, ११ : ०३
मङ्गलबार, १७ मङ्सिर २०७६

१३ औँ दक्षिण एसियाली खेद साग अन्तरगत नेपालले थप दुई स्वर्ण पदक जितेको छ ।

उसुअन्तरगत चान क्वान थाउलोमा नेपालले पुरुष र महिलातर्फ स्वर्णपदक जित्न सफल भएको हो ।

पुरुषतर्फ विजय सिन्जालीले ९.४८ अंक बटुल्दै स्वर्ण पदक हात पारेका हुन् । प्रतिस्पर्धामा बङ्गलादेशका मोहमद ओमारले रजत तथा श्रीङ्काका सौम्य प्रभाकर कोस्थ्याले काँस्य पदक जित्न सफल भए ।

यता, महिलातर्फ सुस्मिता तामाङले ९.४४ अंक बटुल्दै स्वर्ण पदक जितेकी छिन् । नेपालले स्वर्ण जित्दा श्रीलङ्काकी पीएचजी वथसालाले रजत तथा बङ्गलादेशका नुर बहेर बेगमले काँस्य पद जितेकी छिन् ।

१३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप