व्याडमिण्टन : टिम ईभेण्टमा भारतलाई दुई स्वर्ण

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको व्याडमिण्टन प्रतियोगिताको टिम ईभेण्ट तर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ ।
सोमवार राती भएको फाइनलमा भारतले श्रीलङ्कालाई पराजित गरेको हो ।
भारतले पुरुष तर्फ ३–१ र महिला तर्फ ३–० को सेटमा जित निकालेको हो । रजत पदक विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने, स्वर्ण पदक विजेता भारत पाकिस्तानलाई पराजित गर्दै फाईनमा प्रवेश गरेको हो ।
फाइनलमा टिम ईभेण्ट पुरुष तर्फ सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनि दिनुका निसान पर करुणारत्नेलाई ३–को सेटमा पराजित गरे । पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेट २१–१५ र २१–११ को स्कोरमा आफ्नो पक्षमा पारेका थिए ।
यस्तै सिंगल्स तर्फ भारतका श्री साई सिरिल वर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे । सचिनले २१–१७ र ११–छ को स्कोरमा सेट गुमाएका हुन् ।
पुरुष डबल्स तर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका ईद्रिमुनि दिनुका निसान पर करुणारत्ने र हासिथा चण्डाका मन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो । यद्यपि, श्रीलंकाको उक्त जोडीले एउटा सेट २१–१४ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन ।
टिम ईभेण्ट महिला तर्फको सिंगल्समा भारतले क्लिन स्विप गर्यो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने, भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेमशिखा डायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन् । तेस्रोे खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनि निमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन् । रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारेपनि उनले रजत पदकमै चित्त बुझाउनु पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा