शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाउद इब्राहिमले तीन वर्षदेखि फोनमा कुरा गरेका छैनन्, पाकिस्तानमै भएको पक्का प्रमाण भेटियोः भारतीय पुलिस

मङ्गलबार, १७ मङ्सिर २०७६, ०९ : ४५
मङ्गलबार, १७ मङ्सिर २०७६

भारतमा मोस्ट वान्टेड दाउद इब्राहिमले पछिल्लो तीन वर्षदेखि कसैसँग पनि फोनमा  कुरा नगरेको भारतीय पुलिसले बताएको छ । उनी आफ्नो सुरक्षाको विषयमा अत्यधिक सतर्क भएको बताइएको छ ।

भारतीय समाचार एजेन्सीका अनुसार दिल्ली पुलिसका एक अधिकारले दाउद अहिले पनि साथीहरुसँग पाकिस्तानमा लुकेर बसिरहेका छन् । यसका पक्का प्रमाण भेटिएको उनले बताए । दिल्ली पुलिसले उसको पछिल्लो फोनवार्ता नोभेम्बर सन् २०१६ मा रेकर्ड गरेको थियो । दाउद सन् १९९३ मा भएको मुम्बई बम धमाकापछि मुम्बई छोडेर भागेका थिए ।

दाउदले कराँचीबाट आफ्नो अड्डा परिवर्तन गरेका छैनन्ः

अनुसन्धानकर्ताको मद्दतले तीन वर्षअघि करिब १५ मिनेटको रेकर्डिङ भएको थियो । दाउद कराँचीको आफ्नो फोन नम्बरबाट दुबईस्थित सहयोगीसँग कुराकानी गरिरहेका थिए । त्यतिबेला उनी मुटु रोगबाट ग्रीत बताइएको थियो र कराँचीको अस्पतालमा भर्ना भएको बताइएको थियो । तर उनका भाइ अनिस इब्राहिमले यो कुरा ठाडै अस्विकार गरेका थिए ।

दिल्ली पुलिसका अधिकारीले भने, ‘साउद उनी फोन प्रयोग गर्नबाट बचिरहेका छन् । तर यसको अर्थ यो होइन कि उनले कराँचीबाट आफ्नो अड्डा परिवर्तन गरेका छन् । दाउद र उनका गिरोहका केही अन्य सदस्यले अहिले पनि  पाकिस्तानबाट षड्यन्त्र रचेर घटना घटाइरहेको पक्का प्रमाण हामीसँग छ ।’

पुलिस अधिकारीले भने, ‘कुराकानीको क्रममा (सन् २०१६) मा यस्तो लागिरहेको थियो कि उनले रक्सी पिइरहेका थिए किनभने उनको आवाज लर्बरिएको थियो । कुराकानी पूर्ण रुपमा नीजि थियो र अन्डरवर्ल्डको कुनै पनि गतिविधिको योजनाबारे कुरा भएका थिएनन् ।’ उनका अुनसार यसबारे पछि उच्चस्तरीय छलफल पनि भएको थियो । यसमा इन्टेलिजेन्स ब्यूरो र रिसर्च एण्ड एनालिसिस विंग (रअ) का शीर्ष अधिकारी समावेश थिए ।

रअले दाउदको फोनवार्ता थुप्रै पटक रेकर्ड गरेको छ । तत्कालीन दिल्ली पुलिस कमिश्नर निरज कुमारद्वारा सन् २०१३ मा रेकर्ड गरिएको सबैभन्दा चर्चित कुराकानी हो । सन् १९९४ देखि दाउदको पिछा गरिरहेका निरज कुमारले भने, ‘स्पट फिक्सिङ मामलाको अनुसन्धानको क्रममा हामीले दाउदको आवाज सुन्यौं । यो मामलामा आइपिएलका थुप्रै क्रिकेटरलाई आरोपी बनाइएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप