बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : चुनावी परिणामले नेकपालाई प्रश्न, प्रमलाई डेढ दर्जन दातृ निकायको पत्र र सागको प्रशंसा

मङ्गलबार, १७ मङ्सिर २०७६, ०७ : ३७
मङ्गलबार, १७ मङ्सिर २०७६

आज काठमाडौं उपत्यकाबाट प्रकाशित हुने विभिन्न राष्ट्रिय दैनिकले देशको समसामयिक राजनीतिक, आइतबारदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद एवं वैदेशिक लगानी र पूर्वाधार विकासका विषयमा विषयमा सम्पादकीय लेखेका छन् । 

आजको अन्नपूर्ण दैनिकले संघ, प्रदेश संसद् र स्यानीय तह गरी ५२ स्थानको उपनिर्वाचनसँगै जनमत परिणक्षण भएको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । ‘दलीय धरातलको परीक्षण’ शीर्षकमा अन्नपूर्णले सरकारसहित दुई शक्तिशाली पार्टी एमाले र माओवादी केन्द्रबीचको एकतापछि भएको चुनावले महत्वपूर्ण सन्देश दिएको उल्लेख गरिएको छ । ‘यो दृश्यले सरकारी कार्यशैलीप्रति जनता असन्तुष्ट भएका हुन् या एमाले–माओवादी एकता भुइँतहसम्म कामयावी हुन नसकेको हो भन्ने प्रश्न खडा भएको छ’, सम्पादकीयमा भनिएको छ, ‘चुनावी परिणाम हारजितसँगै मतदाताको मनस्थिति बुझ्ने अवसर पनि दलहरुलाई मिलेको छ ।’

विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ हुनुपर्ने भनी मन्त्रिपरिषद्ले गरेको निर्णयलाई सरकारले पुनर्विचार गर्नुपर्ने सुझाव दिँदै आजको कान्तिपुर दैनिकले सम्पादकीय  लेखेको छ । ‘वैदेशिक लगानीमा सीमा होइन, नियमन’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ– नवीनतम र सिर्जनशील उद्योगमा अवरोध सिर्जना नहोस् भनेर सरकार अब छलफल गरी लगानीको सीमा घटाउने निर्णयमा पुग्नु बुद्धिमतापूर्ण हुनेछ । विदेशी लगानीको सीमाबारे द्विपक्षीय तथा बहुपक्षीय डेढ दर्जन दातृ निकायहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै पत्रसमेत लेखेका थिए ।

साग सभ्यमात्र होइन, भव्य पनि

आजको नेपाल समाचारपत्रले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा १३ औं दक्षिण एसियाली खेलकुद(साग)को औपचारिक समुद्घाटन समारोहमा कलाकार तथा सुरक्षाकर्मी र सहयोगी सबै सराहनीय प्रस्तुति दिएको प्रशंसा गरेको छ । ‘प्रशंसनीय प्रस्तुति’ उल्लेख गर्दै सम्मादकीयमा भनिएको छ –प्रतियोगिताको समग्र वस्तुस्थिति र व्यवस्थापन पनि प्रशंसनीय हुन सकोस् र नेपाली खेलाडीले मुलुकका लागि अधिकाधिक पदक ल्याउन सफल सकुन्, शुभकामना ।

नागरिक दैनिकले पनि साग सभ्यमात्र होइन, भव्य पनि भएको उल्लेख गर्दै त्यस समारोहमा दिइएको प्रस्तुति र प्रवविधिलाई प्रतिनिधित्वले नेपालीले गर्व गर्न लायक बनाएको बताएको छ । सम्पादकीयमा भनिएको छ–रातारात काम गरेर, सँगै तयारीलाई पनि जारी राखेर सम्बन्धित निकायहरुले जुन दतारुकतासाथ काम गरे, त्यसैको उपलब्धि मान्न सकिन्छ यो उदाहरणीय समारोहलाई ।

त्यस्तै नयाँ पत्रिकाले सागको भव्य समारोह उद्घाटन भएको उल्लेख गर्दै ‘सागको भव्य सुरुवात’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा नेपालले सागको भव्य सुरुवात गरेर आफ्नो बढ्दो क्षमता प्रदर्शन गरेको दावीसमेत गरिएको छ । सम्पादकीयमा भनिएको छ –अहिलेको कामलाई निरन्तरता दिने हो भने खेल क्षेत्रमा उल्लेख्य सुधार आउने देखिन्छ । 

आर्थिक अभियानले पनि सागको सन्देश शीर्षकमा सम्पादकीय लेख्दै खेलकुदले नेपालको अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पु¥याएर पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उल्लेख गरेको छ । खेलकुदले विश्वमा सही सन्देश दिएर लगानी एवं भ्रमणका लागि उपर्युक्त वातावरण बनाउने भएकाले त्यस विषयतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिइएको छ । 

गोरखापत्रले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका राष्ट्रसंघीय विभिन्न प्रावधानकै सन्दर्भमा आज सम्पादकीय लेखेको छ । ‘अपाङ्गताको सम्मान’ शीर्षकमा विपन्नता र अपाङ्गताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै पछिल्ला वर्ष अपाङ्गता भएका नागरिकमैत्री योजना तथा बजेट तर्जुमा गर्ने गरिएकाले त्यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

आजको कारोबार दैनिकले सरकारले पूर्वाधार क्षेत्रमा गरेको लगानीका कारण अन्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । निगगढको उदाहरण दिँदै सम्पादकीयमा भनिएको छ– अन्तर्राष्टिय विमानस्थल र द्रुतमार्ग दुवै एक अर्कामा अन्तरसम्बन्धित छन् र सँगसँगै द्रुत मार्गले राजधानीलाई जोड्छ, यो विकासले आर्थिक एवं सामाजिक परिवर्तन ल्याउनेछ । यस्ता विदेशकै गेम चेन्जर मानिएका ठूला परियोजनाका कारण निजगढ क्षेत्रमा असीमित अवसरहरु सिर्जना भइरहेको पनि त्यसलाई व्यवस्थित गर्न जरुरी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप