बेलायतमा भारतको विरोधमा प्रदर्शन
काठमाडौँ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ ।
सोमबार गैरआवासीय नेपाली संघ (बेलायत) को अगुवाइमा लण्डनस्थित भारतीय दूतावास अघि भएको प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपालीहरुको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वान भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर, विबादित नक्सा खारेज गरलगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए।
प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभाग नेपालको भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका थिए ।
भारतले केही पहिलो सार्वजनिक गरेको राजनीतिक नक्साको देशसहित विश्वभर रहेका नेपालीले विरोध गर्दै आएका छन् । नेपाल सरकारले पनि लिपुलेक नेपाली भूमि रहेको भन्दै कुटनीतिक माध्यामबाट समस्याको समाधान गर्न पहल भइरहेको जनाएको छ । तर, भारतले भने नक्सामा नेपाली भूमि नसमेटिएको दावी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
-
सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण