बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्नेगरी काम गर्छु : मन्त्री गुरुङ

सोमबार, १६ मङ्सिर २०७६, २२ : १६
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

साथीको लागि साथी नामक सङ्घ, कालीञ्चोक युवा क्लव र लायन्स क्लव अफ दोलखालगायतका सङ्घ÷संस्थाद्वारा उनको सम्मानमा आज यहाँ आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले जनतालाई लाभ हुने र परिणाम आउने गरी जनताको पक्षमा काम गर्ने बताए ।

‘यो बेला दोलखा जिल्लाको विकाससँगै सिङ्गो देशको विकास गर्ने बेला हो, देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बेला हो, यसलाई सफल बनाउनका लागि सम्पूर्ण जनताको त्यतिकै साथ र सहयोगको आवश्यकता हुन्छ,’ उनले भने । 

मन्त्री गुुरुङले दोलखा जिल्लाको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासँगै नमूना जिल्लाका रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । उनले आफू सधैंभरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदायको पक्षमा रहेको र सरकारमा रहुनजेल उनीहरुको हितमा नै काम गर्ने बताए ।

प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले विचारको हिसावले जुनसुकै पार्टीमा आस्था भएतापनि दोलखा जिल्लाको विकासको लागि सम्पूर्ण दोलखावासी एकजुट भएर अगाडि बढ्नुपर्छ भने । पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान र समाजसेवी कमल श्रेष्ठलगायतले दोलखा जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा विकास गर्न सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप