शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः नेपालले जित्यो १५ स्वर्णसहित २४ पदक

सोमबार, १६ मङ्सिर २०७६, २२ : ०५
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । जारी दक्षिण एशियाली खेलकूद (साग) मा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले १५ स्वर्ण, ३ रजत र ६ कास्यसहित २४ पदक प्राप्त गरेको छ । 

यसैगरी भारतले ३ स्वर्णसहित ८ रजत र ३ कास्य गरी १४ पदक प्राप्त गरेको छ । 

यस्तै श्रीलंकाले ३ स्वर्ण, ३ रतज र १४ कास्य गरी २४ पदक हासिल गरेको छ  भने पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक प्राप्त गरेको छ । 

यसैगरी बंगलादेशले २ स्वर्ण र १६ कास्यसहित १८ पदक जित्दा भुटानले एक कास्य पदक जितेको छ । 

यसैबीच माल्दिभ्सले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप