शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष फुटबलमा भुटानको विजयी सुरुवात

सोमबार, १६ मङ्सिर २०७६, २१ : ३०
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार देखि सुरु भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० गोलले हरायो ।

भुटानको जितमा कप्तान चेन्चो ग्याल्जेनले ६५औं मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । पुरुष फुटबलका नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स र बंगलादेश सहभागी छन् । राउन्ड रोकिवन लिगका आधारमा खेलाईने फुटबलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।

लिग चरणको तेस्रो टोलीले सिधै कांस्य पदक प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप