बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारसँग जनता असन्तुष्ट रहेको उपनिर्वाचनले पुष्टि गर्यो : सहमहामन्त्री महत

सोमबार, १६ मङ्सिर २०७६, २० : १८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले उपनिर्वाचनको परिणामले सरकार अलोकप्रिय हुँदै गएको संकेत गरेको बताएका छन् । भीमबहादुर तामाङ्को सातौं स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा महतले उपनिर्वाचनमा सरकारको अलोकप्रियता पुष्टि भएको बताए ।

उनले सरकारसँग असन्तुष्ट जनमतलाई कांग्रेसले भोटमा बदल्न सांगठनिक रुपमा जोडन्पर्नेमा जोड दिए । उनले भने, ‘सरकारसँग असन्तुष्ट जनतालाई आफ्नो कुरा भन्न सकिएन र संगठन पनि गरिएन भने त्यस्तो असन्तुष्टि मतमा बदल्न सकिँदैन । त्यसैले उनीहरुलाई हामीले सांगठनिक रुपमा पार्टीमा जोड्नतिर लाग्नुपर्छ ।’

फरक प्रसंगमा महतले भीमबहादुर तामाङलाई समर्पण,सक्रियता र सरलताको प्रतिमुर्तिका रुपमा स्मरण गरे  । समकालिन राजनीतिमा  तामाङ जस्तो नेता कम रहेपनि उनले देखाएको बाटोको  प्रभावले समाजलाई नैतिकता र आदर्शको बाटोमा हिँड्न प्रभाव पारिरहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप