त्रिचन्द्र क्याम्पस एक हप्तादेखि बन्द
काठमाडौं । त्रिचन्द्र क्याम्पसले शिक्षण शुल्कमा १ सय १० प्रतिशत वृद्धि गरेपछि विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् । क्याम्पसमा मंसिर ६ गते बसेको व्यवस्थापन समितिको बैठकले मानविकी संकायको स्नातक तहको प्रथम वर्ष र स्नातक तहकै विज्ञान संकायको शिक्षण शुल्क बढाउने निर्णय गरेसँगै मंसिर ९ गतेबाट क्याम्पसमा तालाबन्दी गरेको नेपाल विद्यार्थी संघका सचिव विपिन ढुङ्गानाले बताए ।
क्याम्पस व्यवस्थापन समितिले विए प्रथम वर्षको शिक्षण शुल्क गत वर्ष ६ हजार ५ सय ९० रुपैयाँबाट बढाएर १२ हजार ५ सय ५० पु¥याएको सचिव ढुङ्गानाले बताए । यस्तै स्नातक तह प्रथम वर्ष विज्ञान संकायमा गत वर्ष शिक्षण शुल्क ६ हजार ८ सय १५ रुपैँयाबाट बढाएर १४ हजार २० रुयैँया पु¥याएको उनले बताए । क्याम्पस घाटामा गएको बहाना बनाएर विद्यार्थी सँग बढि शुल्क असुलेको विद्यार्थीहरुले जनाएका छन् ।
क्याम्पस प्रशासनले विद्यार्थी नेतालाई पैसा बाढ्नका लागि विद्यार्थीसँग १ सय १० प्रतिशत शुल्क वृद्धि गरेको उनले सचिव ढुङ्गानाले बताए । शुल्क घटाउन क्याम्पसमा तालाबन्दी गर्दा समेत क्याम्पस प्रशासनले चासो नदेखाएको उनले बताए । शिक्षण शुल्क नघटाएसम्म तालाबन्दी कायम राख्ने उनको भनाइ छ ।
सहायक क्याम्पस प्रमुख जनक ढुङ्गानाका अनुसार १२ वर्षको अन्तरालमा शुल्क संमायोजन गरिएको हो । विद्यार्थीलाई जानकारी दिएर क्याम्पस प्रशासनले मानविकी र विज्ञान संकायमा शुल्क वृद्धि गरेको उनले बताए । गत साल मात्रै त्रिचन्द्र क्यापसले १ करोड ६४ लाख रुपैँया घाटा ब्यहोरेको उनले बताए ।
संयुक्त पाटन, अस्कल, पिएन लगायतका क्याम्पसले धेरै वर्षअघिदेखि नै शिक्षण शुल्क वृद्धि गरेपनि यस वर्षबाट त्रिचन्द्र क्याम्पसले शुल्क वृद्धि गरेको सहायक क्याम्पस प्रमुख ढुङ्गानाले बताए । ‘विद्यार्थीबाट उठेको रकमले आंशिक शिक्षकलाई खर्च गछौँ,’ उनले भने, ‘सरकारले नयाँ शिक्षक नियुक्ति गर्न सकेको छैन ।’
२०७२ सालको भूकम्पपछाडि जिर्ण बनेका भवनलाई मर्मतसम्भार गरेर कक्षा सञ्चालन गर्दा पनि क्याम्पस घाटामा गएको उनले बताए । क्याम्पसका विद्यार्थी र क्याम्पसको हितको लागि शिक्षण शुल्क बढाएको उनी बताउँछन् । गत्त सोमबार क्याम्पस प्रमुख प्रध्यापक डाक्टर प्रदिप बहादुर न्यौपानेलाई अज्ञात समूहले निर्घात हातपात गरि टिचिङ अस्पतालमा उपचाररत भएकाले विद्यार्थी संघसंगठनसँग छलफल गर्ने वातावरण नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा