उपचुनावबारे काँग्रेसको समीक्षा: नेकपा सरकार सच्चिने कि सक्किने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन मतपरिणामले सत्तारुढ दल नेकपालाई सच्चिने वा सक्किने भन्ने सन्देश दिएको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपमा उपनिर्वाचनको समीक्षा विषयक पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई ‘सच्चिने कि सक्किने’ भन्ने उपनिर्वाचनको सन्देश रहेको बताएका हुन् ।
यस्तै काँग्रेसका लागि उपनिर्वाचन परिणामले बाहिरी गति बढाउनु र पार्टीभित्र अन्तरविश्वास पनि बढाउनु भन्ने सन्देश दिएको उनले बताए । उपनिर्वाचनमा काँग्रेसले उत्साहजनक उपस्थिति देखाएको उनको तर्क थियो । प्रवक्ता शर्माले यसपटक काँग्रेसले मतान्तर घटाएको र हरेकजसो स्थानमा मतसंख्या पहिलेको तुलनामा मत बढाएको दाबी पनि गरे ।
उपनिर्वाचनबाट नेकपा (एमाले र माओवादीबीच) एकताको औचित्य रहेनछ भन्ने पुष्टि भएको पनि उनको दाबी छ । उनले भने, ‘उपनिर्वाचन केही ठाउँको परिणाम हेर्दा नेकपा एकताको औचित्य रहेनछ भन्ने पुष्टि हुन्छ । भक्ततपुरको प्रदेशसभा, धरान उपमहानगरपािलका, चितवनको भरतपुर–१६ र दाङको घोराही उपमहानगरपालिका–१६ को मतपरिणामले यसको पुष्टि गरेको छ ।’
उनले अगाडि थपे, ‘काँग्रेस कहाँ छ भन्नेहरुले नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन, प्रधानमन्त्री केपी ओलीको निवास रहेको भक्तपुर र मुख्यमन्त्रीको निर्वाचन क्षेत्र घोराही–१६ मा गएर खोजे हुन्छ ।’ शर्माले कास्की–२ प्रतिनिधिसभा र दाङको प्रदेशसभा राजनीति जगको आधारमा भन्दा पनि साहनुभूतिको मतमा टेकेर नेकपाले उपचुनाव जितेको दाबी गरे । दुईतिहाईको सरकार चलाइरहेको नेकपा चुनाव हार्ने डरले राजमो र साहनुभूति मतको जगमा उभिन पुगेको शर्माको तर्क थियो ।
यस्तै उनले काँग्रेस मंसिर १४ गतेको जगमा टेकेर ०७९ मा हुने आम चुनावको तयारी गर्ने अवस्थामा निर्माण भएको बताए । शर्माले भने, ‘०७४ को तुलनामा नेपाली काँग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको छ ।
यसले नेपाली काँग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो