नेकपाले बम पड्काएर उपचुनाव जित्यो : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले बम पड्काएर उपचुनाव बढी जितेको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताए ।
उनले भने, ‘पोखरामा काँग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए, मतदाता भड्काए । काँग्रेसले जित्ने ठाउँमा मतदाता त्रसित गराएर नेकपाले चुनाव जत्यो ।’ देउवाले उपनिर्वाचनको निष्पक्षतामाथि पनि प्रश्न उठाए । साथै उनले प्रहरी प्रशासनले सरकार पक्षका उम्मेदवारलाई जिताउन सघाएको आरोप पनि लगाए ।
उनले भने, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं । प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको जानकारी दिए ।’ उनले भने, ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि मतपरिणाम राम्रो आएको छ ।’
फरक प्रसंगमा देउवाले भीमबहादुर तामाङ कुनै लोभलाचमा भएको व्यक्तिका भएको बताए । यस्तै वरिष्ठ नेता पौडेलले तामाङको निष्ठालाई आत्मासात गर्दै काँग्रेसले सरकारप्रति बढेको असन्तुष्टि चिरेर जनताको भरोसको केन्द्र बन्नुपर्नेमा जोड दिए । यस्तै महामन्त्री शशांक कोइरालाले भीमबहादुर तामाङले बीपी कोइरालाका उपन्यास लेखिदिने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता