काँग्रेस किल्लामा उत्तरकुमारपछि विमलाको ‘इन्ट्री’, भन्छिन्- उत्तरले देखेको सपना पूरा गरेरै छोडछु

बुटवल । कुनैबेला नेपाली काँग्रेसका खुमबहादुर खड्का, दिपक गिरी, गेहेन्द्र गिरी लगायततका नेताहरुको राज चल्ने दाड क्षेत्र नम्बर ३ मा २०७४ को निर्वाचनमा नेकपाका उत्तरकुमार ओलीले जनमत उल्टाइदिए ।
अर्थात काँग्रेस किल्ला तोडे । जुन क्षेत्र तुलानात्मक रुपमा दाडका अन्य ठाउँ भन्दा विकसित मानिन्छ । जव उत्तरकुमार प्रदेशसभा सदस्य बने लगत्तै उनले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि थुपै योजना र बजेट पुर्याए ।
तर दुर्भाग्य ! गतबर्ष सडक दुर्घटनमा परी उत्तर कुमारको निधन भयो । त्यसपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा उनै उत्तर कुमारकी श्रीमिती बिमला (खत्री) ओलीलाई मतदाताले विजयी बनाए । बिमलालाई मतदाताले विजयी मात्रै गराएनन् उत्तरमा कुमारले थालेर पुरा गर्न नसेका काम सम्पन्न गर्ने जिम्मेवारी समेत हस्तानतरण गरे ।
परिणाम आउनुभन्दा अघिसम्म कडा प्रतिस्पर्धा हुने अड्कल गरिएको दाङ ३ ‘ख’ मा विमलालले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछाडि पारिन् । निर्वाचित भएलगत्तै सोमबार बिहान विमलाले पति उत्तरकुमारलाई सम्झँदै भनिन्, ‘उहाँ उत्तर कुमारले देखेका सपना, जनताको विकास, शुसासन कायम गर्ने उत्तरदायित्व मलाई आएको छ । म त्यो पुरा गरेरै छाड्छु ।’
उनले श्रीमान् उत्तर कुमारले बोकेको सपना पूरा गर्नकै लागि जनताले आफुलाई मत दिएर जिम्मेवारी दिएको बताइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको विजयी घोषणा कार्यक्रममा विमलाले आफुलाई अमुल्य मतदान गरि बिजयी बनाउने मतदातालाई धन्यवाद समेत ब्यक्त गरिन् ।
साथै उनले सधै पश्चिम दाङका जनताको पक्षमा रहने समेत प्रतिबद्धता पनि दोहायाईन् ।विमलाले नेपाली कांग्रेसका केशव आचार्यलाइ पाँच हजार १०४ मतको अन्तरले हराउँदै विजयको झण्डा गाडेकी हुन् । विमलाले सहानुभूति र पार्टी एकताको बलमा चुनाव जितेको दाबी उनका विपक्षीले गर्छन् । तर, पश्चिम दाङका मतदाताले विमलालाई उत्तरको उत्तराधिकारीको रुपमा उभ्याएका बुझाई धेरैको छ ।
२०७४ सालमा भएको निर्वाचनमा यहि निर्वाचन क्षेत्रबाट विमलाका श्रीमान् उत्तरकुमार वली ६ हजार ४ सय ३५ मतले नेपाली काँग्रेसका बुद्धिराम भण्डारीलाई हराउँदै निवाििचत भएका थिए । त्यसअघि यो क्षेत्रबाट काग्रेसका नेताहरु लगातार निर्वाचित हुदै आएका थिए ।
यसअघि श्रीमानले उत्तरकुमारले सक्रिय राजनीति गरेपनि विमला भने पारिवारिक व्यवस्थापनमै केन्द्रीत थिइन् । तर, परिस्थितिले विमलालाई प्रदेश नम्बर ५ को माननीय मात्रै बनाएन राजनीतिक जीवनले नै कोल्टे फेर्यो । वलीले २४ हजार २ सय ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गरे ।
बुवा कालीराम खत्री र आमा लालकुमारी खत्रीकी कान्छी छोरीका रुपमा २०४१ साल माघ २२ गते जन्मिएकी हुन् विमला । विमलाको उत्तरकुमार वलीसँग २०६५ साल बैशाख महिनामा प्रेम विवाह भएको थियो ।
मुख्यमन्त्री तथा नेकपा पाँच नम्बर प्रदेश ईन्चार्ज शंकर पोखरेलको गृह जिल्लासमेत भएकाले पनि दाड क्षेत्र नम्बर ३ ख मा कसले जित्ला भन्ने चसोको विषय बनेको थियो । तर सोमबारबाट यो चासो सकिएको छ । विमलामा जिम्मेवारी बढेसँगै आगामी तीन बर्षमा पश्चिम दाडमा कति काम गर्ने हुन् वा उत्तरको व्याज मात्र खाने हुन् त्यो भने हर्ने बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा इँटा भट्टाले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग