केन्द्रीय संस्करण

आईसीयूबाट प्रधानमन्त्री ओलीको २ मिनेट १३ सेकेण्ड लामो भिडियो सन्देश

‘अप्रेशनपछि म उठेर बोल्न सक्ने भएको छु’

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline1

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सवास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले सोमबार भिडियो सन्देश जारी गर्दै आफू मेजर अप्रेसनपछि पनि उठेर बस्न, कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षमा उपचाररत रहेका ओलीले सन्देशमा आफूले आइतबार १३ औँ सागको उद्घाटन कार्यक्रम समेत हेरेको बताएका छन् । 

प्रधानमन्त्री ओलीको भिडियो सन्देश

 

एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

केपी शर्मा ओली

प्रधानमन्त्री

(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)

कमेन्ट

  1. Dec. 3, 2019, 8:47 p.m. suraj
    Rajjyako Dhukuto swaha !!1
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...