काँग्रेस भन्छ–नेकपाको जनमत घट्यो, हामी उत्साहित छौं, भक्तपुरको नतिजाबारे नेकपा नेताको आफ्नै तर्क

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको बताएका छन् ।
राजधानीमा सोमाबार आयोजित कार्यक्रममा उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भीर ह्रास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ।’
आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेकोपनि उनले सुनाए ।
त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको भनाइ थियो ।
कास्की क्षेत्र नम्बर २ र दाङमा सहानुभुतिको कारण नेकपाका उम्मेद्धवारले विजयी हाँसिल गरेको उनको तर्क छ ।
यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले उपनिर्वाचनको मत परिणामप्रति नेकपा सन्तुष्ट रहेको बताए ।
उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए ।
उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको दावी गरे । उनले भने,‘हामीले पूर्व, पश्चिम नभनिकन एकतावद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनको परीणामले सरकारविरुद्ध जनमत प्रकट भएको स्पष्ट पारे । उनले भने,‘समग्रमा यो उपनिर्वाचनमा नेकपाविरुद्ध जनमत प्रकट भएको देखियो । उसले भक्तपुर र धरानमा दुई महत्वपूर्ण सिट हार्यो । पोखरा र बाग्लुङमा उसको स्थिर नतिजा आयो । धरान र भक्तपुरमा चाहीँ सरकारविरुद्ध जनमत आएको हो ।’
जबराले सरकारले दुई तिहाई बहुमतको अवसरलाई खेर फालेको पनि आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै