तेक्वान्दोमा नेपाललाई अर्को सफलता
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् । उनले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितिन् । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाइन् ।
टिम कातामा नेपाललाई स्वर्ण
त्यसैगरी आजै भएको कराँतेतर्फको खेलमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । नेपाली पुरुष काता टोलीले सागको कराँतेअन्तर्गत टिम कातामा स्वर्ण पदक हात पारेको हो । सातदोबाटोस्थित कराँते हालमा भएको एकल कातामा स्वर्ण जितिसक्नुभएका मण्डेकाजी श्रेष्ठसहित प्रवीण मानन्धर र महसुस तामाङको टोलीले ‘स्कोर’ गर्दै स्वर्ण जितेका हुन् ।
नेपालले फाइनल खेलमा श्रीलङ्कालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अङ्क प्राप्त गर्यो । यता श्रीलङ्काले २५.२८ अङ्क प्राप्त गर्यो । त्यसअघि बङ्गलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको थियो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बङ्गलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलङ्काले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । सागमा नेपालको यो छैटौँ स्वर्ण पदक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी