३० स्थानमा नेकपा र १३ स्थानमा काँग्रेस विजयी, ९ स्थानमा अन्य दल (नामावलीसहित)
काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् ।
नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए र उनी नै विजयी भए ।
यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।
प्रतिनिधिसभा तर्फ कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी भइन् भने प्रदेश तर्फभने काँग्रेस र नेकपा उम्मेदवारले १–१ स्थान विजय हासिल गरे । यस्तै एक प्रदेशसभामा नेकपा समर्थित जनमार्चा उम्मेदवारले विजय हासिल गरे ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) मा काँग्रेस, बागलुङनिर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चा र दाङनिर्वाचन क्षेत्र नं ३ (२) मा नेकपा उम्मेदवार विजयी भएका हुन् ।
यस्तै धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार विजयी भए भने गाउँपालिकातर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भए ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण