सोनीले दिलाइन् ट्राईयाथलनबाट नेपालका लागि स्वर्ण
काठमाडौं । ट्राईयाथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् । उनले दक्षिण एशियामा ट्राईथालनको पावर मानिने भारतलाई पछि पार्दै स्वण हात पारेकी हुन् ।
नेपालको रमणीय स्थल पोखराको चिसो मौसमलाई तातो बनाउँदै सोनीले नेपालका लागि स्वर्ण हात पारेकी हुन् । उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साई क्लिङ्ग र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् । पौडी र साइक्लिङ्गमा पछि परेकी उनले दौडमा आफुलाई अब्बल राख्दै स्वर्ण हात पार्न सफल भएकी हुन् ।
विजयी गुरुङ्गलाई नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले नगद १ लाख प्रदान गर्ने घोषण गरेका छन् । यस्तै गण्डकी प्रदेशका माननिय सांसद दीपक कोइरालाले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार प्रदान गर्ने घोषण गरेका छन् ।
दोश्रो र तेश्रो स्थानमा भारत रह्यो । भारतकी सरोजनी देवी थउदमले १ घन्टा, १४ मिनटका साथ रजत र भारतकै प्रग्न्या मोनानले १ घन्टा १४ मिनट ५७ सेकेन्डका साथ कास्य प्राप्त गरे । पोखराको फेवा लेकमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ भने नेपाली खेलाडी बशन्त थारु कास्यमा चित्त बुझाउन बाध्य भए ।
उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । पुरुषतर्फ पहिलो र दोश्रो स्थान भारतले हात पा¥यो । भारतका आदर्श एमएन सिनिमोलले निर्धारित दूरी १ घन्टा २ मिनट ३१ सेकेन्ड र बिश्वरजित साइखोमले १ घन्टा २ मिनट ५९ सेकेन्डमा साथ स्वर्ण र रजत प्राप्त गरे । भोली मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई